डेंगु संक्रमणबाट एकैदिन ४ जनाको मृत्यु

  • प्रकाशित मिति : २०७९ आश्विन १२, बुधबार
  • नेपाल टेल

काठमाडौं । नेपालमा डेंगु संक्रमणबाट एकैदिन ४ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्यामा संक्रमितको निधन भएको हो। देशभर संक्रमितको संख्या २७ हजार नाघेको छ।

देशभर फैलिएको डेंगुका कारण हालसम्म ३६ जनाको ज्यान गइसकेको छ।

डेंगु संक्रमित संख्या दैनिक बढ्दै गएपनि सरकार रोकथाम र नियन्त्रणमा ठोस योजना बनाउन चुकेको जनस्वास्थ्य विज्ञहरुले औंल्याएका छन्।

प्राय दिउँसोको समय सक्रिय रहने एडिज जातको लामखुट्टेको टोकाइबाट डेंगु रोग लाग्ने हुनाले, डेंगु संक्रमणको जोखिम कम गर्न कार्यस्थल वरिपरि निरन्तर सफा राख्न विज्ञहरूको सुझाव छ।

लामखुट्टेको टोकाइबाट बच्नुका साथै लामखुट्टेको वृद्धि रोक्नुपर्छ । यसका लागि पानी जम्ने भाँडाहरू जस्तै गमला, फुलदान, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, गाडीका काम नलाग्ने टायरहरूमा पानी जम्न दिनुहुँदैन।