पछिल्लो २४ घण्टामा देशभर ३८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८१८ जनामा गरिएको नमुना परीक्षणमा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
यस्तै सोही समयमा एक जनाको मृत्यु भएको छ।
पछिल्लो २४ घण्टामा ५२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् भने नेपालमा हाल कोरोनाका सक्रिय संक्रमित एक हजार १२२ जना रहेका छन्।