नेपालमा आज थपिए ४५ कोरोना संक्रमित

  • प्रकाशित मिति : २०७९ आश्विन १३, बिहीबार
  • नेपाल टेल

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ३०७ जनाको पिसिआर र एक हजार ३७१ जनाको एन्टिजेन परीक्षण गर्दा ४५ जनामा संक्रमण पुष्टि भएको हो।

आज थपिएका सँगै देशभर १ हजार ७७ जना सक्रिय संक्रमित रहेका छन् । आज ७० जना संक्रमण मुक्त भएका छन्। आज कसैको मृत्‍यु भएको छैन।