कोरोना संक्रमणबाट एक जनाको मृत्यु, १०६ जनामा संक्रमण पुष्टि

  • प्रकाशित मिति : २०८० बैशाख ८, शुक्रबार
  • नेपाल टेल

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा १०६ जनामा संक्रमण पुष्टि भएको छ ।

१ हजार ८८३ जनाको नमुना परीक्षण गर्दा १०६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै सक्रिय संक्रमितको संख्या ४१४ पुगेको छ ।