एसिया कपका लागि नेपाली टिम घोषणा

  • प्रकाशित मिति : २०८० जेष्ठ २६, शुक्रबार
  • नेपाल टेल संवाददाता

हङकङमा हुने एसिसी महिला टी-ट्वान्टी इमर्जिङ टिम्स एसिया कपका लागि नेपालको टिम घोषणा भएको छ । नेपाल क्रिकेट संघले एसिया कपका लागि रुविना क्षेत्रीको कप्तानीमा शुक्रबार १४ सदस्यीय टोलीको घोषणा गरेको हो ।

१२ जुनदेखि २१ जुनसम्म हङकङमा हुने प्रतियोगितामा नेपालले भारत र पाकिस्तानसँग पनि खेल्ने छ । समूह ‘ए’ नेपालसँगै हङकङ, भारत ‘ए’ र पाकिस्तानका ‘ए’ रहेका छन् ।



पहिलो खेल नेपालले १३ जुनमा पाकिस्तानसँग खेल्ने छ भने दोस्रो खेल १५ जुनमा भारतसँग खेल्नेछ। त्यस्तै नेपालले १७ जुनमा घरेलु टोली हङकङसँग खेल्नेछ ।