यस वर्षको मिस वर्ल्ड भारतमा हुने

  • प्रकाशित मिति : २०८० जेष्ठ २६, शुक्रबार
  • नेपाल टेल संवाददाता

यस वर्षको मिस वर्ल्ड प्रतियोगिता भारतमा हुने भएको छ । मिस वर्ल्ड अर्गनाइजेसनले बिहीबार नयाँ दिल्लीमा पत्रकार सम्मेलन गर्दै सोको घोषणा गरेकाे हाे ।​

क्यारोलिनाकी अध्यक्ष जुलिया मोर्ली र जमील सैदीले ८ जुनमा दिल्लीको ओबेरोय होटलमा आयोजित पत्रकार सम्मेलनमा यसको आधिकारिक घोषणा गरेका हुन् ।



उनका अनुसार भारतमा ३० दिनसम्म १४० देशका प्रतिनिधिको उपस्थिति रहनेछ । पत्रकार सम्मेलनमा बोल्दै मिस वर्ल्ड २०२१ कारोलिना बिलावस्काले भनिन्, ‘हामी यहाँ भारतमा १४० राष्ट्रहरूसँग पूरै महिना बिताउने छौं । भारतले मिस वर्ल्ड यहाँको विविधताको प्रतिनिधित्व गर्दछ ।’

लाईफ स्टाइल एसियाका अनुसार ७१ औं मिस वर्ल्ड प्रतियोगिताका लागि संसारभरका इच्छुक प्रतियोगीहरूले प्रतीक्षा गरिरहेको उनको भनाइ छ ।