बास्केटबल च्याम्पियनसिप खेल्न नेपाली टोली सोमबार माल्दिभ्स जाने

  • प्रकाशित मिति : २०८० जेष्ठ २६, शुक्रबार
  • नेपाल टेल संवाददाता

नेपाली राष्ट्रिय पुरुष बास्केटबल टिमले जुन १४ देखि २२ तारिखसम्म माल्दिभ्समा हुने फाइभ नेसन्स मेन्स बास्केटबल च्याम्पियनसिप खेल्ने भएको छ ।

च्याम्पियनसिपमा सहभागी हुन १२ खेलाडी तथा दुई प्रशिक्षक र एक व्यवस्थापक टोली सोमबार मल्दिभ्सका लागि प्रस्थान गर्ने नेपाल बास्केटबल संघका कार्यवाहक अध्यक्ष भिमसिंह गुरुङले जानकारी दिए ।



टिमका मुख्य प्रशिक्षक दिनेश नकर्मीले स्वर्ण पदक जित्ने लक्ष्यसहित नेपाली टाेली माल्दिभ्स जाने बताए ।

च्याम्पियनसिप नेपालसहित आयोजक माल्दिभ्स, भुटान, बंगलादेश र पाकिस्तानको सहभागिता रहने छ । राउन्ड रोविन लिगपछि शीर्ष ४ टोली सेमिफाइनल प्रवेश गर्नेछन् ।