नेपालकै समूहमा रहेको वेस्ट इन्डिजका अलराउन्डर घाइतेआईसीसी पुरुष क्रिकेट विश्वकप छनोटअघि वेस्ट इन्डिजका अलराउन्डर यानिक कारिया घाइते भएका छन् । आईसीसीले जनाएअनुसार प्रशिक्षणका क्रममा कारियाको अनुहारमा चोट लागेको हो । उनको नाक भाँचिएको आईसीसी जनाएको छ ।
विश्वकप छनोटअघि जिम्बाब्वेमा अभ्यासका क्रममा अनुहारमा लाग्दा कारिया घाइते भएका हुन् । तर कारिया टिमसँगै जिम्बाब्वेमा रहनेछन् र आगामी दिनमा उनको पुनर्मूल्यांकन हुनेछ ।
कारियाले अभ्यास खेलहरूमा स्कटल्याण्ड र युएई विरुद्ध समान चार-चार विकेट लिएका थिए ।
वेस्ट इन्डिज विश्वकप छनोटमा नेपालकै समूह ‘ए’मा रहेको छ । उसले नेपालविरुद्ध जुन २२ मा खेल्ने तालिका रहेको छ ।