विश्वकप छनोटः आज दुई खेल हुँदै

  • प्रकाशित मिति : २०८० असार ६, बुधबार
  • नेपाल टेल संवाददाता

जिम्बाब्वेमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटअन्तर्गत आज पनि दुई खेल हुने तालिका रहेको छ । आज समूह ‘बी’ अन्तर्गतको दुई खेल हुँदैछ ।

क्विन्स स्पोर्ट्स क्लबमा हुने खेलमा आयरल्यान्ड र स्कटल्यान्ड आमने-सामने हुनेछन् । त्यसैगरी, बुलावायो एथलेटिक क्लबमा ओमान र युनाइटेड अरब इमिरेट्स (यूएई) बीच खेल हुनेछ । दुबै खेल नेपाली समयअनुसार दिउँसो १२:४५ बजेबाट सुरु हुने तालिका रहेको छ ।



यस समूहमा स्कटल्यान्डले पहिलो खेल खेल्दैछ । यता ओमानले पहिलो खेलमा जित हात पार्दा आयरल्यान्ड र यूएईले पहिलो खेलमा पराजय भोगेका थिए । यस समूहमा श्रीलंका र ओमानले समान एक-एक खेलमा जित हात पारेका छन् ।