प्रदीप र पल पहिलो पटक एकसाथ पर्दामा देखिँदै

  • प्रकाशित मिति : २०८० असार ९, शनिबार
  • नेपाल टेल संवाददाता

नायक प्रदीप खड्का र नायक तथा मोडल पल शाह एकसाथ पर्दामा देखिने भएका छन् ।

दिनेश राउतले निर्देशन गर्न लागेको फिल्ममा प्रदीप र पल पहिलो पटक साथमा देखिन लागेका हुन् ।



यस अघि सन्तोष सेनले बनाउने भनिएको ‘हुतु हुतु’मा सँगै देखिने बताइएको थियो । त्यो फिल्मको हल्ला मात्रै हुन पुग्यो । त्यस पछि उनीहरूसँगै साथमा देखिएका थिएनन् । अब भने प्रदीप र पललाई निर्देशक राउतले यो अवसर मिलाइदिएका छन् ।

यो फिल्मलाई विकाश सुवेदीले लेखेका हुन् । जसलाई विकाशले फाइनल नै गरी सकेका छन् । जानकारी अनुसार पलले यसै फिल्मकालागि अनुप बरालसँग अभिनय सिकीरहेका छन् ।

दुई साथी सम्बन्धको कथा रहने यो फिल्मलाई जीवन थापाले निमार्ण गर्न लागेका हुन् । फिल्मको छायाकंन आगामी भदौ बाट सुरु हुने बताइएको छ ।