जिम्बाब्वेमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटअन्तर्गत सातौं स्थानका लागि जारी खेलमा नेपालले आयरल्यान्डलाई २६९ रनको लक्ष्य दिएको छ ।
टाकासिंगा स्पोर्टस क्लबमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ओभर बलमा सबै विकेट गुमाएर रन बनायो ।
नेपालका लागि गुल्सन झाले ५७ रन तथा अर्जुन साउदले ४८ रन जोड्दा कुशल मल्लले ४४ रनको योगदान गरे । कप्तान रोहित पौडेलले २९ रन तथा भिम सार्कीले २० रन जोडे । सन्दीप लामिछानेले ३२ रन जोडे ।
आयरल्यान्डका लागि मार्क अडायर, बेरी म्याककार्थी र क्रेग योंगले २-२ विकेट तथा कर्टिस क्याम्फर, गारेथ डिलेनी र एन्डी म्याकब्राइनले १-१ विकेट हात पारे ।