बंगलादेश क्रिकेट टिमका कप्तान तमिम इक्बालले अन्तर्राष्ट्रिय क्रिकेटबाट लिएको सन्यासको निर्णय फिर्ता लिएका छन् ।
बंगलादेशी प्रधामन्त्री शेख हसिनाको निर्देशनपछि तमिमले सन्यासको निर्णय फिर्ता लिएका क्रिकइन्फोले जनाएको छ । तमिमले बिहीबार एक अन्तर्वार्ताका क्रममा आफूले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका थिए । तर शुक्रबार प्रधानमन्त्री हसिनासँगको भेटघाटपछि तमिमले आफ्नो निर्णय परिवर्तन गरेका हुन् ।
प्रधानमन्त्री हसिनासँगै बंगलादेश क्रिकेट बोर्डका अध्यक्ष नजमुल हसन तथा पूर्व कप्तान मसरफा मोर्ताजाले पनि तमिमसँग छलफलमा सहभागी थिए । तमिमले अन्य जोसुकैको आग्रह अस्विकार गरेपनि देशकै सबैभन्दा महत्वपूर्ण प्रधानमन्त्रीको निर्देशनलाई अस्विकार गर्न नसक्ने बताए ।
तर उनी ६ हप्ता मैदान बाहिर रहनेछन् ।