करिब ४० वर्षपछि इंग्ल्यान्डले जित्यो युरोपियन च्याम्पियनसीप

  • प्रकाशित मिति : २०८० असार २४, आईतवार
  • नेपाल टेल

इंग्ल्यान्डले युरोपियन यू-२१ च्याम्पियनसीप फुटबलको उपाधि जितेको छ । इंग्ल्यान्डले करिब ४० वर्षपछि पहिलो पटक यू-२१ च्याम्पियनसीपको उपाधि हात पारेको हो ।

शनिबार राति भएको फाइनलमा स्पेनलाई १-० गोलअन्तरले पराजित गर्दै इंग्ल्यान्डले उपाधि जितेको हो ।

इंग्ल्यान्डको जितमा कर्टिस जोन्सले निर्णायक गोल गरे । जोन्सले पहिलो हाफको इन्जुरी समयमा गरेको गोलसँगै इंग्ल्यान्डले उपाधि हात पार्‍यो ।

यसअघि इंग्ल्यान्डले सन् १९८२ तथा १९८४ मा उपाधि जितेको थियो ।