तीन डिएसपीसहित नेपाल प्रहरीमा तीस नयाँ दरबन्दी थप

  • प्रकाशित मिति : २०७७ बैशाख ३०, मंगलवार
  • nepaltale.com

सरकारले नेपाल प्रहरीको तल्लो तहमा केही दरबन्दी थप गरेको छ । डिआईजीको दरबन्दी कटौती गरेको सरकारले तीन डिएसपीसहित करिब तीस नयाँ दरबन्दी थप गरेकाे हो ।

तीनमध्ये डिएसपीको दुई पद अख्तियार दुरुपयोग अनुसन्धान आयोगका लागि थप भएको बताइएकाे छ । थप दरबन्दीको प्रहरी किताबखानामा पद दर्ता गरेर बढुवाको तयारी गरिएको छ । अब हाल प्रहरीमा डिएसपीका ५६ दरबन्दी रिक्त रहेकाेमा अब भने ५९ हुने छ । जसमा बढुवाका लागि एक सयभन्दा धेरै इन्सपेक्टरहरु प्रतिस्पर्धामा छन् । बुधबार बढुवाको तयारी भइरहेको बताइन्छ ।