‘रंगेली ग्याङस्टर’मा मिरुना र अर्पण फाइनल, बाँकीको अडिसन हुँदै

  • प्रकाशित मिति : २०८० श्रावण १२, शुक्रबार
  • nepaltale.com

भदौ २० देखि फ्लोरमा जाने तयारीमा रहेको ‘रंगेली ग्याङस्टर’ले मुख्य भूमिकामा मिरुना मगर र अर्पण थापालाई फाइनल गरेको जनाएको छ । फिल्मका कार्यकारी निर्माता जितेन्द्र खतिवडाले फिल्ममा दुई कलाकार अनुबन्ध भइसकेको पुष्टि गर्दै बाँकीका लागि अडिसन लिने तयारी भइरहेको बताएका छन् ।
फिल्मका लागि आउँदो हप्ता इटहरीमा अडिसनको तयारी भइरहेको छ ।

नामैले ग्याङस्टर चरित्रको कथा प्रस्तुत गर्ने फिल्मलाई अर्जुन सुवेदीले निर्देशन गर्न लागेका हुन् । चलचित्रमा लेखन पनि उनकै रहेको छ । उनले यसअघि अष्ट्रेलियामा बनेको ‘ऋतु’मा निर्माताको रुपमा सहकार्य गरेका थिए । फिल्मको छायांकन मोरङको रंगेलीमा हुनेछ ।