पीएनजी क्रिकेट विश्वकपका लागि छनोट

  • प्रकाशित मिति : २०८० श्रावण १२, शुक्रबार
  • नेपाल टेल

पपुवा न्यूगिनी (पीएनजी) आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजले आयोजना गर्ने आईसीसी टी-ट्वान्टी क्रिकेट विश्वकपका लागि छनोट भएको छ ।

इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत आज भएको खेलमा फिलिपिन्सलाई एक सय रनले पराजित गर्दै पीएनजी २०२४ मा आयोजना हुने विश्वकपका लागि छनोट भएको हो ।

चार टिमको सहभागिता रहेको छनोटअन्तर्गत पीएनजी एक खेलअगावै विश्वकपका लागि छनोट भएको हो । पीएनजीले खेलेका पाँचवटै खेलमा जित हात पारेको छ ।

पीएनजीले जापान, भानुअटु र फिलिपिन्सलाई पछि पार्दै विश्वकपमा स्थान सुरक्षित गरेको हो ।