देश छाडेर भागेकी इरानी चेस खेलाडीलाई स्पेनको नागरिकता

  • प्रकाशित मिति : २०८० श्रावण १२, शुक्रबार
  • nepaltale.com

अनिवार्य रुपमा लगाउनु पर्ने हिजाब नलगाएरै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएकी इरानी चेस खेलाडी सारा खादेमले स्पेनको नागरिकता प्राप्त गरेकी छन् ।

इरानमा हिजाबलाई लिएर प्रदर्शन चलिरहँदा गत डिसेम्बरमा कजाकस्तानमा चेसको विश्वकपमा २६ वर्षीया चेस ग्रान्डमास्टर साराले हिजाब बहिस्कार गरेकी थिइन् । इरानी महिलालाई हिजाब प्रयोग अनिवार्य गरिएको छ ।

हिजाबको नियम उल्लंघन गरेकी सारा प्रतियोगितापछि श्रीमान र छोरासहित स्पेन पुगेकी थिइन् । उक्त समयमा इरानमा महिलाको लुगा लगाउनु विषयमा देशव्यापी विरोध प्रदर्शन भइरहेको थियो । साथै २२ जना पक्राउ परेका थिए ।

सारालाई स्पेनको नागरिकता प्रदान गरिएको स्पेनका न्याय मन्त्री पिलार लोपले जनाएको अल-जजिराले उल्लेख गरेको छ ।