म्यानचेस्टर युनाइटेड र एडिडासबीच ९०० मिलियन पाउण्डको सम्झौता

  • प्रकाशित मिति : २०८० श्रावण १५, सोमबार
  • नेपाल टेल

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र एडिडासबीच न्यूनतम ९०० मिलियन पाउण्डको सम्झौता भएको छ ।

​युनाइटेड र एडिडासबीच १० वर्षका लागि सम्झौता भएको बीबीसीले जनाएको छ । जर्मन ‘किट’ निर्मातासँग युनाइटेडको नयाँ सम्झौता जुन २०३५ सम्म चल्नेछ । यो सम्झौता इंग्लिस प्रिमियर लिग इतिहासकै सबै भन्दा ठूलो किट सम्झौता हो ।

युनाइटेड र जर्मन किट निर्माताबीच यसअघि १० वर्षका लागि ७५० मिलियन पाउण्ड बराबरको सम्झौता भएको थियो । यी दुईबीचको साझेदारी २०१५-१६ को सिजनबाट सुरु भएको थियो ।

सम्झौतापछि युनाइटेडका प्रमुख कार्यकारी रिचर्ड अर्नोल्डले भने, ‘म्यानचेस्टर युनाइटेड र एडिडासबीचको सम्बन्ध विश्व खेलकुदमा सबैभन्दा प्रतिष्ठित मध्ये एक हो’ ।