चीनकाे पोस्टमा इंग्ल्यान्डको ६ गोल, डेनमार्क उपविजेता

  • प्रकाशित मिति : २०८० श्रावण १६, मंगलवार
  • nepaltale.com

फिफा महिला विश्वकप फुटबलअन्तर्गत इंग्ल्यान्डले चीनलाई हराउँदै समूह विजेता बनेको छ । इंग्ल्यान्डले चीनको पोस्टमा गोलको वर्षा गरेको हो ।

समूह ‘डी’ अन्तर्गत अस्ट्रेलियाको हिन्दमार्श स्टेडियममा भएको खेलमा इंग्ल्यान्डले चीनलाई ६-१ ले पराजित गरेको हो । समूह चरणमा भएको ३ वटै खेलमा जित हासिल गरेको इंग्ल्यान्ड समूह विजेता बन्दै प्रि-क्वार्टरफाइनलमा प्रवेश गर्यो ।

इंग्ल्यान्डलाई जित दिलाउन लरेन जेम्सले २ गोल तथा, राहेल डाली, क्लो केली, एलेसिया रुसो र लरेन हेम्पले १-१ गोल गरे । चीनका लागि वाङ सुआङले मात्र गोल गरिन् ।

समूह ‘डी’ मै भएको अर्को खेलमा डेनमार्कले हाइटीलाई २-० ले पराजित गर्दै उपविजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको हो । डेनमार्कको लागि पेर्निल हार्डर र सान्ने ट्रोल्सगार्डले १-१ गोल गरे ।

इंग्ल्यान्डले ९ तथा डेनमार्कले ६ अंकसहित समूहको शीर्ष दुई स्थानमा रहे ।