नेमार अल हिलालतिर

  • प्रकाशित मिति : २०८० श्रावण २९, सोमबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । युरोपियन लिगमा खेल्ने स्टार खेलाडीहरु साउदी अरबतिर जाने सूचीमा अर्का स्टार थपिएका छन् ।

पेरिस सेज्ट जर्मेन (पीएसजी) का फरवार्ड नेमार पनि साउदी प्रो लिग खेल्न जाने भएका छन् ।



फ्रेन्च च्याम्पियन पीएसजी नेमार अल हिलाललाई बेच्न तयार भएको छ ।

अल हिलालले नेमारलाई ९ करोड युरोमा अनुबन्ध गर्न लागेको बीबीसीले जनाएको छ ।

त्यसअघि नेमारले मेडिकल र सबै पेपरवर्क पूरा गर्नुपर्नेछ ।

३१ वर्षीय नेमार २०१७ मा २२ करोड २० लाख युरोमा बार्सिलोनाबाट पीएसजी पुगेका थिए ।