एमबाप्पेले गोल गर्दा पनि पीएसजीको लगातार दोस्रो बराबरी

  • प्रकाशित मिति : २०८० भाद्र ३, आईतवार
  • नेपाल टेल संवाददाता

साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानअन्तर्गत लगातार दोस्रो खेलमा अंक बाँड्न बाध्य भएको छ ।

शनिबार राति भएको खेलमा पीएसजीले टोउलोउससँग १-१ गोलको बराबरी खेलेको हो ।



कायलियन एमबाप्पेले ६२ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए ।

तर टोउलोउसका जाकारिया अबोखलालले ८७ औँ मिनेटमा पेनाल्टीमै गोल गर्दै पीएसजीसँग एक अंक खोसे ।

पीएसजीले पहिलो खेलमा पनि लोरियन्टसँग गोलरहित बराबरी खेलेको थियो ।