नेपालले प्रतिस्पर्धा गर्न लागेको एसिया कपका लागि भारतले टोलीको घोषणा गर्दै

  • प्रकाशित मिति : २०८० भाद्र ४, सोमबार
  • नेपाल टेल संवाददाता

काठमाडौं। भारतले आसन्न एसिया कप क्रिकेटका लागि राष्ट्रिय टोलीको घोषणा गर्दै छ।

सोमबार पत्रकार सम्मेलनमार्फत भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई)ले टोलीको घोषणा गर्न लागेको हो।



प्रतियोगिताका लागि पाकिस्तान, नेपाल, बंगलादेशसहितका राष्ट्रले टोलीको घोषणा गरिसकेका छन्।

एसिया कपमा एसियाका ५ टेस्ट मान्यताप्राप्त टोली र एसीसी प्रिमियर कप विजेता नेपालसहित ६ टोली सहभागी हुँदैछन्। भारतले पहिलो चरणमा पाकिस्तान र नेपालसँग खेल्दैछ।

भारतले यी दुवै खेल श्रीलंकामा खेल्ने छ । भारतले खेल्ने बाहेकका खेल पाकिस्तानमा आयोजना हुनेछन् ।