काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिम एसिया कप खेल्न पाकिस्तान पुगेको छ । गएराती नेपालबाट पाकिस्तानतर्फ प्रस्थान गरेको नेपाली टिम कराँची पुगेको पाकिस्तान क्रिकेट बोर्डले जानकारी दिएको छ ।
नेपाली क्रिकेट टिमलाई पाकिस्तानका क्रिकेट अधिकारीहरुले कराँचीमा स्वागत गरेका छन् ।
नेपाल टिम पाकिस्तानको कन्डिसन बुझ्न र स्थानीय टिमसँग अभ्यास खेल खेल्न केहि दिन अघि नै पाकिस्तान गएको हो ।
एसिया कप ३० अगष्ट देखी १७ सेप्टेम्बर सम्म हुनेछ । नेपाल, श्रीलंका र भारत छन् । समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् । नेपालले अगष्ट ३० अर्थात भदौ १३ मा पाकिस्तानसँग मुल्तानमा खेल्नेछ । त्यस्तै नेपालले अर्को खेल सेप्टेम्बर ४ अर्थात भदौ १८ मा भारतसँग श्रीलंकाको कान्डीमा खेल्दै छ ।