स्पेनिस एफएका अध्यक्ष लुइसविरुद्ध फिफाले सुरु गर्‍यो कारवाहीको प्रकृया

  • प्रकाशित मिति : २०८० भाद्र ८, शुक्रबार
  • nepaltale.com

फिफा महिला विश्वकप फुबटलका क्रममा देखाएको व्यवहारका कारण स्पेनिस फुटबल एसोसियसनका अध्यक्ष लुइस रुवियल्सविरुद्ध फिफाले कारवाही प्रकृया अघि बढाएको छ ।

अस्ट्रेलियामा भएको फाइनलमा स्पेनले इंग्ल्यान्डलाई पराजित गर्दा लुइसले आफ्ना खेलाडी जेनी हर्मोसोको ओठमा चुम्बन गरेका थिए ।

फिफाले लुइसविरुद्ध फिफाको नियमअनुसार कारवाहीको प्रकृया अघि बढाएको बीबीसीले जनाएको छ ।

यसैबीच, लुइसले पदबाट राजीनामा दिने तयारी गरेको बताइएको छ । लुइसले उक्त कार्यका लागि माफी पनि मागेका थिए ।

तर स्पेनको प्रधानमन्त्री पेड्रो सान्चेजसहित अन्य मन्त्री तथा पदाधिकारीहरुले उनको आलोचना गर्नुका साथै पदबाट राजीनामा मागेका थिए ।