कप्तान रोहित भन्छन् : एसिया कपलाई यादगार बनाऔँ

  • प्रकाशित मिति : २०८० भाद्र ११, सोमबार
  • nepaltale.com

पाकिस्तान र श्रीलंकामा हुने एसीसी एसिया कप क्रिकेट प्रतियोगिताअघि नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले एसिया कपलाई स्मरणीय बनाउन आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमा एक स्टाटस राख्दै कप्तान पौडेलले एसिया कपलाई स्मरणीय बनाउन आग्रह गरेका हुन् ।

एसिया कपका लागि नेपाल समूह ‘ए’ मा रहेर आयोजक पाकिस्तान र भारतसँग खेल्दैछ । नेपालले दुवै राष्ट्रको सिनियर टोलीसँग पहिलो पटक खेल्न लागेको हो ।

नेपालले पाकिस्तानविरुद्ध अगस्ट ३० र भारतविरुद्ध सेप्टेम्बर ४ मा खेल्ने तालिका रहेको छ ।

त्यसअघि पौडेलले चुनौतीलाई आत्मसात गरेर सपनाहरू पछ्याउन जोशका साथ खेल्ने उल्लेख गरे ।

मैदानभित्रका ब्याटको प्रत्येक स्ट्रोक, प्रत्येक क्याच तथा हरेक गतिविधिले लक्ष्यको एक कदम नजिक पुर्‍याउने उनको विश्वास छ ।