गएको २४ घण्टामा काठमाडौं उपत्यका भित्रिनेको संख्या सात हजार

  • प्रकाशित मिति : २०७७ बैशाख ३१, बुधबार
  • nepaltale.com

गएको २४ घण्टामा काठमाडौं उपत्यका भित्रिनेको संख्या सात हजार छ । गृह मन्त्रालय स्रोतका अनुसार पछिल्लो २४ घण्टामा थानकोट, फर्पिङ, र जगाती नाका हुँदै भित्रिएको सवारीबाट ७ हजार जना उपत्यका भित्रिएका छन् ।

सरकारले काठमाडौं प्रवेशमा कडाइ गरेको भए पनि कोरोना संक्रमण फैलिएका जिल्लाहरुबाट समेत राजधानी प्रवेश गर्ने क्रम जारी छ । नाकामा उनीहरुलाई काठमाडौं आउने कारण सोधिन्छ ।

विद्युतीय वा कागजी जुनसुकै पास देखाएको भरमा उपत्यका बाहिरबाट आएका सर्वसाधरणले सहजै प्रवेश पाइरहेका छन् । नागढुङगा नाकाबाट मात्रै पास लिएर काठमाडौं प्रवेश गर्ने निजी सवारी दैनिक एक सय भन्दा बढी हुन्छ ।

प्रहरीका अनुसार यो नाकाबाट सोमबार मात्रै एक सय ५४ वटा निजी गाडीमा चार सय ५४ जना काठमाडौं भित्रिएका छन् । आइतबार १ सय ४७ निजी गाडीमा तीन सय ३४ व्यक्ति उपत्यका बाहिरबाट काठमाडौं छिरेका थिए ।