काठमाडौँ । भारतले पाकिस्तानलाई २६७ रनको लक्ष्य दिएको छ ।
एशिया कपको समुह ए अन्तर्गतको खेलमा टस जितेर पहिला ब्याटिंग गर्दै भारतले ४८.५ ओभरमा अल आउट हुदै २६६ रन बनाएको हो ।
भारतका लागि हार्दिक पाण्डेयले सर्बाधिक ८७ रन बनाएका थिए भने इशान किशनले ८२ रन बनाएका थिए । इशान र हार्दिकले पाँचौं विकेटका लागि १३८ रनको साझेदारी गरेका थिए ।
त्यस्तै भारतका लागि रविन्द्र जडेजा र श्रेयस अय्यरले १४-१४ रन बनाएका थिए भने कप्तान रोहित शर्माले ११, शुभमन गिलले १० तथा विराट कोहलीले ४ रन बनाएका थिए ।
त्यसैगरी श्रदुल ठाकुरले ३ रन बनाए भने कुलदीप यादवले ४ र जसप्रित बुमराहले १६ रन बनाएका थिए ।
त्यसैगरी पाकिस्तानका बलर शाहीन शाह अफ्रिदीले सर्बाधिक ४ विकेट लिएका थिए । अफ्रिदीले कप्तान रोहित शर्मा, विराट कोहली, हार्दिक पाण्डेय र रविन्द्र जडेजाको विकेट लिएका थिए ।
त्यस्तै हारिस राउफ र नसीम शाहले ३-३ विकेट लिएका थिए ।