अभिनेत्री निरुता सिंहले कसिन् लगनगाँठो

  • प्रकाशित मिति : २०८० भाद्र १६, शनिबार
  • नेपाल टेल

अभिनेत्री निरुता सिंह वैवाहिक जीवनमा बाँधिएकी छिन् । हाल मुम्बईमा रहँदै आएकी नेपाली चलचित्रकी चर्चित नायिका सिंहले मुम्बईका संजीभ गुलाटीसँग विवाह गरेकी हुन ।

उनले सो जानकारी आफैले सामाजिक सञ्जालबाट दिएकी हुन । दक्षिणा, आफन्तजस्ता दर्जनौ हिट फिल्म दिएकी अभिनेत्री सिंहले फेसबुकमार्फत सो जानकारी गराएकी हुन ।