भारत-पाकिस्तानबीचकाे खेल वर्षाले रद्द, एक अंक थप्दै पाकिस्तान सुपर ४ मा

  • प्रकाशित मिति : २०८० भाद्र १७, आईतवार
  • nepaltale.com

काठमाडौँ । एसिया कपकाे समूह चरणमा भारत र पाकिस्तानबीचकाे खेल वर्षाले बिथोलेको छ । खेलमा नतिजा नआएपछि दुवै टीमले १-१ अंक बाँडेका छन् ।

सुरुदेखि वर्षाले प्रभावित खेलमा टस जितेर भारतले ब्याटिङ रोजेको थियो । भारतले ४९.५ ओभरमा सबै विकेट गुमाएर २६६ रन जोड्यो । तर दोस्रो इनिङमा लगातार पानी परेपछि पाकिस्तानले ब्याटिङ गर्न सकेन । खेल रद्दको घोषणा गरिएको छ ।

पाकिस्तानले ३ अंकसहित सुपर चारमा स्थान बनाएको छ । भारतले भने नेपालसँगको खेल पर्खिनुपर्नेछ । नेपाल र भारत बीचकाे म्याचमा विजयी टिम सुपर फाेरमा पुग्ने छन् । अंक बाँड्नुपर्ने अवस्थामा नेपाल बाहिरिने छ ।