वर्षाले नेपाल र भारतबीचको खेल रोकियो

  • प्रकाशित मिति : २०८० भाद्र १८, सोमबार
  • नेपाल टेल संवाददाता

एसिया कप–२०२३ मा नेपाल र भारतबीचको खेल वर्षाका कारण रोकिएको छ ।

सोमबार श्रीलंकाको क्यान्डीस्थित पालेकेले रंगशालामा जारी खेलमा टस हारेपछि ब्याटिङमा आएको नेपालले ३७.५ ओभरमा ब्याटिङ गर्दा वर्षा भएपछि खेल रोकिएको हो ।



३७.५ ओभरको समाप्तिमा नेपालले ६ विकेट गुमाएर १७८ रन बनाएको छ। नेपालबाट हाल क्रिजमा रहेका दीपेन्द्रसिंह एरी २७ र सोमपाल कामी ११ रनमा खेलिरहेका छन् ।