युरो कप छनोटः फ्रान्स, नेदरल्यान्ड्स र डेनमार्क विजयी

  • प्रकाशित मिति : २०८० भाद्र २२, शुक्रबार
  • nepaltale.com

युरो कप २०२४ छनोटअन्तर्गत फ्रान्स, नेदरल्यान्ड्स र डेनमार्क विजयी भएका छन् ।

समूह ‘बी’ अन्तर्गत बिहीबार राति भएको खेलमा फ्रान्सले रिपब्लिक अफ आयरल्यान्डलाई २-० ले पराजित गरेको हो । फ्रान्सलाई जित दिलाउन औरेलियन चोउमेनी र मार्कस थुरामले एक-एक गोल गरे ।

यस समूहमा फ्रान्सको यो लगातार पाँचौँ जित हो ।

समूह ‘बी’ अन्तर्गत नै नेदरल्यान्ड्सले ३-० ले पाखा लगायो । नेदरल्यान्ड्सको जितमा मार्टेन डी रुन, कोडी गाक्पो र ओट वेघोर्सले एक-एक गोल गरे ।

नेदरल्यान्ड्सको तीन खेलमा यो दोस्रो जित हो ।

यता समूह ‘एच’ अन्तर्गत डेनमार्कले सान मारिनोलाई ४-० ले पराजित गर्‍यो । डेनमार्कको जितमा पियर-एमिल होजबर्ग, जोअकिम माइहल, जोनास विन्ड र युसुफ पाउलसेनले एक-एक गोल गरे ।

यस समूहमा डेनमार्कको यो पाँच खेलमा तेस्रो जित हो । उसले एक खेलमा अंक बाँड्दा एक खेलमा पराजय भोगेको छ ।