एसियन गेम्सः रग्बीमा नेपालले दुवै खेल हार्‍यो

  • प्रकाशित मिति : २०८० आश्विन ८, सोमबार
  • नेपाल टेल संवाददाता

चीनको हान्झाउमा जारी १९ औँ एसियन गेम्सअन्तर्गत रग्बीमा नेपाली पुरुष टिमले दुवै खेलमा पराजय भोगेको छ ।

नवौँदेखि १३ औँ स्थानका लागि सोमबार भएको खेलमा नेपालले फिलिपिन्स र थाइल्यान्डसँग पराजय भोगेको हो ।



पहिलो खेलमा फिलिपिन्सले नेपाललाई ५५-० ले पराजित गर्‍यो । दोस्रो खेलमा नेपालले थाइल्यान्डसँग ३६-० को पराजय भोग्यो ।