एसियन गेम्सः सन्दीप र सागर चीन जाँदै

  • प्रकाशित मिति : २०८० आश्विन ९, मंगलवार
  • नेपाल टेल संवाददाता

नेपाली राष्ट्रिय क्रिकेट टिमका बलरद्वय सन्दीप लामिछाने र सागर ढकाल १९ औँ एसियन गेम्सका लागि आज चीन जाँदैछन् ।

अदालतमा मुद्दा विचाराधिन रहेकाका कारण सन्दीप नेपाली टिमसँगै चीन गएका थिएनन् । यता ललित राजवंशी घाइतेपछि टिममा स्थान पाएका सागर पनि सन्दीपसँगै चीन जान लागेका हुन् ।



उनीहरु मध्यान्ह १२ बजे चीन प्रस्थान गर्ने छन् ।

एसियन गेम्समा नेपालले बुधबार मंगोलिया र आगामी आइतबार माल्दिभ्ससँग खेल्ने तालिका रहेको छ ।