चीनको हान्झाउमा जारी १९ औँ एसियन गेम्सअन्तर्गत स्क्वासमा नेपाली महिला खेलाडी पराजित भएका छन् ।
आइतबार भएको महिला एकलतर्फको अन्तिम ३२ चरणमा नेपालकी कृष्णा थापा र विपना ब्लोन पराजित भएका हुन् ।
कृष्णाले दक्षिण कोरियाकी जिहयुन लीसँग ११-३, ११-० र ११-३ ले पराजित भइन् । यता विपनाले भने थाइल्यान्डकी वारिट्सारा चुजितसँग ११-७, ११-७ र ११-८ को पराजय भोगिन् ।
यसअघि पुरुषको एकलतर्फको अन्तिम ३२ को खेलमा अमृत र अरहान्तले पराजय भोगेका थिए ।