एसियन गेम्सः पदकको संघारमा पुगेको नेपालले कबड्डीमा हार्‍यो

  • प्रकाशित मिति : २०८० आश्विन १६, मंगलवार
  • नेपाल टेल संवाददाता

चीनको हान्झाउमा जारी १९ औँ एसियन गेम्सअन्तर्गत नेपाली महिला कबड्डी टिमले पहिलो पराजय भोगेको छ ।

समूह ‘बी’ अन्तर्गत मंगलबार भएको खेलमा नेपालले इरानसँग पराजय भोगेको हो । यसअघि नेपालले पहिलो खेलमा सोमबार बंगलादेशलाई पराजित गरेको थियो ।



बुधबार इरानले बंगलादेशलाई पराजित गरेको खण्डमा नेपाल सेमिफाइनल पुग्नेछ र कम्तिमा पनि नेपालका लागि कास्य सुनिश्चित गर्नेछ ।

मंगलबार इरानले नेपाललाई ४३-१९ ले पराजित गर्‍यो ।