राकेश काठमाडौं रेजर्सको सहायक प्रशिक्षक

  • प्रकाशित मिति : २०८० आश्विन २४, बुधबार
  • नेपाल टेल संवाददाता

काठमाडौं रेजर्सले राकेश श्रेष्ठलाई सहायक प्रशिक्षकमा नियुक्त गरेको छ ।

बुधबार एक विज्ञप्ति निकाल्दै काठमाडौं रेजर्सले नेपाल सुपर लिग एनएसएलको दोस्रो संस्करणका लागि श्रेष्ठलाई सहायक प्रशिक्षक नियुक्त गरिएको जनाएको हो ।



काठमाडौं रेजर्सलाई पहिलो संस्करणको एनएसएलको उपाधि जिताउन समेत सहायक प्रशिक्षक थिए । मुख्य प्रशिक्षकमा बालगोपाल महर्जनलाईनै निरन्तरता दिएको रेजर्सले सहायक प्रशिक्षकमा समेत श्रेष्ठलाई दोहोर्याएको हो ।

‘पहिलो संस्करणमा टिमलाई विजेता बनाउन सफल तथा विभिन्न उमेर समूहको टिमलाई प्रशिक्षण गराई सक्नु भएका नेपाली राष्ट्रिय फुटबल टिमका सफल कप्तान श्रेष्ठलाई पुन आबद्ध गरिएको जानकारी गराउन चाहन्छौं ।’ रेजर्सले बिज्ञप्तिमा भनेको छ ।

क्लबले श्रेष्ठलाई पुन टिममा आबद्ध गराउन पाउँदा ज्यादै खुसी लागेको बताएको छ ।

काठमाडौं रेजर्स एनएसएलको साविक विजेता टिम हो । उनले हिसब थपलियालाई मार्की खेलाडीको रुपमा अनुबन्धन गर्दै दोस्रो संस्करणको प्रतियोगिताको तयारी अघि बढाएको छ ।