व्यवसायीक फुटबलबाट हजार्डको सन्यास

  • प्रकाशित मिति : २०८० आश्विन २४, बुधबार
  • नेपाल टेल संवाददाता

इडेन हजार्डले व्यवसायीक फुटबलबाट सन्यास लिएका छन् । रियल मड्रिडका स्टार खेलाडीले व्यवसायीक फुटबलबाट सन्यासको घोषणा गरेका हुन् ।

उनले यस सिजनको अन्त्यसँगै खेल जिवनबाट सन्यास लिने बताएका हुन् ।



लण्डन क्लब चेल्सीका लिजेण्ड खेलाडी हजार्ड स्पेनिस महारथी क्लब रियलबाट व्यवसायीक फुटबल खेल्दै आएका थिए । ३२ वर्षको उमेरमै बेल्जियमको अन्तराष्ट्रिय स्टारले व्यवसायीक फुटबलबाट सन्यास लिएका हुन् ।

उनी सन् २०१९ मा ८९ मिलियन पाउण्डमा चेल्सीबाट रियल मड्रिड गएका थिए । उनले स्पेनिस क्लबका लागि मात्र ५४ खेल खेले ।

हजार्डले स्टामफार्ड ब्रिजमा दुई प्रिमियर लिगको उपाधि जितेका थिए ।

गत डिसेम्बरमै अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका हजार्डको खेल जिवनलाई चोटले बारम्बार समस्यामा पार्दै आएको थियो ।

चोटबाट फर्कन संघर्ष गर्दै आएका हजार्डले अन्तत खेल जिवनलाई पूर्ण विराम लगाउने घोषणा गरेका हुन् ।