काभा च्यालेन्ज – नेपालले अफगानिस्तानसँग खेल्दै

  • प्रकाशित मिति : २०८० आश्विन २४, बुधबार
  • नेपाल टेल संवाददाता

काभा पुरुष भलिबल च्यालेन्ज कपमा नेपालले बुधबार अफगानिस्तानसँग खेल्ने भएको छ ।

कोलम्बोमा जारी प्रतियोगिताको तेस्रो दिनको पहिलो खेलको रुपमा नेपालले अफगानिस्तानलाई भिड्न लागेका हो ।



पहिलो खेलमा नेपालले बंगलादेशलाई हराएर प्रतियोगितामा शानदार सूरुआत गरेको थियो । दोस्रो खेलमा मंगलबार नेपाल घरेलु टोली श्रीलंकासँग सोझो सेटमा पराजित भएको थियो ।

मंगलबारनै भएको खेलमा अफगानिस्तानले बंगलादेशलाई हराएको थियो ।

एसियन गेम्समा सहभागी भएर नेपाल फर्किएको टोली काभा च्यालेन्ज कप खेल्ने श्रीलंका गएको हो ।

नेपालको पुरुष भलिबलले काभा च्यालेन्ज कपमा पदक जित्ने लक्ष्य राखेको छ ।