गोठाटार तेक्वान्दो डोजाङ्गले प्रथम काठमाडौ जिल्लाव्यापी तेक्वान्दो प्रतियोगिता आयोजना गर्ने भएको छ । विजया दशमी तथा दिपावलीको उपलक्ष्यमा डाेजाङले प्रतियाेगिताकाे आयाेजना गर्न लागेकाे हाे ।
दुईसम्म चल्ने प्रतियाेगिता असाेज २६ बाट सुरु हुनेछ ।
जिल्लामा रहेका उत्कृष्ट १३ टिमले महिला र पुरुषको १०-१० तौल समूहमा प्रतिष्पर्धा गर्ने आयोजक प्रमुख तथा डोजाङ्ग प्रमुख प्रेम भण्डारीले जानकारी दिए । करिब १६० जना खेलाडीले सहभागिता जनाउने छन् ।
अन्तर्राष्ट्रिय रेफ्री गौरव रजक,राजकुमार ठकुरी र टेक्निकलमा मोहम्मद ताज आलमसहित अन्य राष्ट्रिय रेफ्रीहरुले प्रतियोगिता सन्चालन गर्नेछन् । कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीको प्रमुख आतिथ्यमा कार्यक्रम गरिने छ । नेपाल् तेक्वान्दो संघको नीति नियम बागमती प्रदेश तेक्वान्दो संघको सहयोग र काठमाडौ जिल्लाको स्वीकृतबाट यो प्रतियोगिता सन्चालन हुने गोठाटार तेक्वान्दो डोजाङ्गको सल्लाहकार तथा नेपाल तेक्वान्दो संघको केन्द्रिय सदस्य हेमन्त डाङ्गीले जानकारी दिए ।
खेलाडीहरुको स्तर वृद्धि साथै नगरपालिकालाई खेलकुदमय बनाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको खेलाडी उत्पादन गरि नगर पालिकालाई देशै भरी चिनाउने उदेश्य रहेको डोजाङ्गका अध्यक्ष जयराम खड्काले बताए ।
प्रतियोगितामा प्रथम ,दोस्रो र तेस्रो हुने खेलाडीहरुले नगद ,ट्रफी,प्रमाणपत्र पाउनेछन् भने उत्कृष्ट खेलाडीले नगद तथा ट्रफिले सम्मान गरिने आयोजक प्रमुख भण्डारीले बताए ।