विश्वकप क्रिकेटमा आज अस्ट्रेलिया र दक्षिण अफ्रिका भिड्दै

  • प्रकाशित मिति : २०८० आश्विन २५, बिहीबार
  • नेपाल टेल संवाददाता

भारतमा जारी आइसीसी विश्वकप–२०२३ अन्तर्गतको खेलामा आज अस्ट्रेलिया र दक्षिण अफ्रिका भिड्दै छन् । क्रिकेटमा यी दुवै बलिया टोली मानिन्छन् । याे खेल लखनउकाे भारत रत्न श्री अटल बिहारी वाजपेयी एकना क्रिकेट स्टेडियममा हुँदै छ।

विश्वकप अगाडि दक्षिण अफ्रिकामा भएको ओडिआई सिरिजमा अफ्रिकाले अस्ट्रेलियालाई ३–२ ले हराएको थियो ।



१० टोली सामावेश ओडिआइ विश्वकममा अहिले दक्षिण अफ्रिका २ अंकसहित चौथो स्थानमा छ भने अंक विहीन अस्ट्रेलिया सातौ स्थानमा छ ।
पहिलो खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई हराएको थियो भने अस्ट्रेलियाले भारतसँग हार बेहोरेको थियो ।

अंक तालिकामा अहिले न्युजिल्यान्ड, भारत र पाकिस्तान समान ४–४ अंक सहित क्रमश शीर्ष तीन स्थानमा छन् । आजको खेलमा खेलमा दक्षिण अफ्रिका विजयी भए उसको पनि अंक समान ४ हुने छ ।

यस्तै अंक तालिकामा इङ्ल्यान्डले र बंगलादेशको समान २–२ अंक छ भने श्रीलंका, नेदरल्यान्ड र अफगानिस्तान अंकविहीन अवस्थामा छन् ।