सुनैसुनले सजिएकी बेहुलीसँग बलिउड अभिनेता रणदिप हुड्डाको पोज भाइरल

  • प्रकाशित मिति : २०८० मंसिर १४, बिहीबार
  • nepaltale.com

किक, मर्डर ३, हाइवे, एक्स्ट्रेक्सन र सरबजीत जस्ता फिल्ममा काम गरिसकेका अभिनेता रणदीप हुड्डाले विवाह गरेका छन् ।

योसँगै विवाहका धेरै तस्बिर र भिडियो सामाजिक सञ्जालमा चर्चाको विषय बनेका छन् । तर अहिले अभिनेता आफैँले सामाजिक सञ्जालमा विवाहको तस्बिर सेयर गरेका छन्, जसलाई फ्यानबाट मात्र नभई सेलिब्रेटीबाट पनि माया मिलिरहेको छ । यति मात्र होइन, बिहेको चौथोँ तस्बिरको पनि फ्यानहरूले तारिफ गरिरहेका छन् ।