दीपक मनाङ्गेको ‘कंगारु’मा माग्ने बुढा

  • प्रकाशित मिति : २०८० मंसिर १९, मंगलवार
  • nepaltale.com

कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ले सम्राट बस्नेतको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘कङ्गारु’ साइन गरेका छन् ।

कलाकार घिमिरे र यो फिल्मको निर्माणपक्षबीच सोमबार औपचारिक रुपमा सम्झौता भएको हो । निर्देशक सम्राटले केही समय अघि ‘कंगारु’ घोषणा गरेका थिए ।

यसअघि उनले निर्देशन गरेको फिल्म ‘लाखे’लाई एक्सन जनरामा निर्माण गरिएका थिए ।

राजिव गुरुङ ‘दीपक मनाङ्गे’को प्रस्तुतिमा तयार हुन लागेको यो फिल्मलाई सस्पेन्स, थ्रिलर र कमेडी जनरामा निर्माण गर्न लागिएको छ ।

कलाकार घिमिरेले ‘छक्का पन्जा’ टिमभन्दा बाहिरको ब्यानरमा दोस्रो पटक काम गर्न लागेका हुन् । यो फिल्ममा काम गर्ने सम्झौता गर्दै गर्दा आफू निकै नै उत्साहित रहेको कलाकार घिमिरेले बताए ।