उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले लकडाउन कार्यान्वयमा थप कडाइ गर्ने भएको छ।
प्रशासनले अब विभिन्न बहानामा भित्री सडक तथा गल्ली अर्थात घरबाट बाटोमा निस्किने व्यक्तिलाई पनि पक्राउ गर्ने निर्णय गरेको हो। शुक्रबार दिउँसो बसेको जिल्ला सुरक्षा समितिको बैठकले मानिसको अनावश्यक भीड नियन्त्रण गर्न यस्तो नियम लागू गर्ने निर्णय गरेको हो।
यसअघि काठमाडौँ मूल सडकलाई प्राथमिकतामा राखेर प्रहरी लकडाउन कार्यान्वयमा खटिएको भएपनि अब गल्ली गल्लीमा प्रहरी पनि लकडाउन कार्यान्वय हुने छ।
प्रशासनले यसअघि जारी भएका सबै ई–पास र पहेँलो रङको पास पनि खारेज भएको बताएको छ। अब जारी हुने पास नीलो रङको हुने भनिएको छ। अत्यावश्यक अवस्थामा हिँड्ने सवारीसाधन पनि बेलुकी ८ बजेदेखि बिहान ६ बजेभित्र मात्रै गुड्न पाउनेछन्।
एम्बुलेन्स, शव बाहन, औषधि तथा स्वास्थ्य सामग्री, पेट्रोलियम पदार्थ, ग्यास, सबै खाद्य वस्तु, तरकारी तथा फलफूललगायतका सामग्री बोकिएका गाडीले भने बिना पास नै आवागमन गर्न पाउनेछन्।