कपिलवस्तुमा थप ३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २७६ पुग्यो

  • प्रकाशित मिति : २०७७ जेष्ठ ३, शनिबार
  • नेपाल टेल संवाददाता

नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २७६ पुगेको छ । शनिबार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा थप ३ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २७६ पुगेको हो ।

शनिबार संक्रमण पुष्टि भएकाहरुमा कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटा निवासी २५, ३४ र ४४ ४५ वर्षीय पुरुष रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जनाएका छन् ।
यसअघि शनिबार बिहानै थप ६ जनामा संक्रमण पुष्टि भएको थियो ।