नेपाल भारतसँग १ सय ३२ रनले पराजित

  • प्रकाशित मिति : २०८० माघ १९, शुक्रबार
  • नेपाल टेल संवाददाता

नेपाल दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ विश्वकप अन्तर्गत सुपर सिक्स खेलमा भारतसँग १ सय ३२ रनको फराकिलो अन्तरले पराजित भएको छ ।

नेपाल सुपर सिक्समा अंकविहीन हुँदै बाहिरिँदा भारत अपराजित यात्राका साथ सेमिफाइनलमा पुगेको छ । जितको लागि २९८ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १६५ रन बनायो ।



यसअघि भारतले नेपाललाई २ सय ९८ रनको बलियो लक्ष्य दिएको छ ।