पुनम पाण्डेले भनिन्- म जिउँदै छु

  • प्रकाशित मिति : २०८० माघ २१, आईतवार
  • nepaltale.com

चर्चित मोडल–अभिनेत्री पुनम पाण्डे जिवित रहेको जानकारी आफैँले दिएकी छिन् ।

आफ्नो मृत्युको खबरलाई अभिनेत्री आफैँले झुटो भनेकी छिन् । पुनमले आफ्नो इन्स्टाग्राम अकाउन्टमा एक पोस्ट सेयर गरेकी छिन् र आफू जिवित रहेको जानकारी दिएकी छिन् ।

पुनम पाण्डेको इन्स्टाग्राममा सार्वजनिक भएको भिडियोमा उनी पूर्णतया राम्रो देखिएकी छिन् । यो भिडियोमा पुनमले आफ्नो मृत्युको खबर सुनाइ रहेकी छिन् । मृत्युको झुटो खबरबारे उनले पाठेघरको मुखको क्यान्सरबारे जनचेतना जगाउन यो सबै गरिएको बताएकी छिन् । पुनमले भनिन्, ‘म अझै जिउँदै छु, मरेको छैन । पाठेघरको मुखको क्यान्सरका कारण ज्यान बलिदान दिने महिलाको बारेमा म यो भन्न सक्दिन ।’

पुनमले यसबाट बच्न सकिन्छ र यसका लागि तपाईंले एचपीभी भ्याक्सिन मात्रै परीक्षण गराउनुपर्ने बताइन् । यसबाहेक पुनमले आफ्नो इन्स्टाग्राममा एउटा स्टोरी पनि सेयर गरेकी छिन्, जसमा उनले दिउँसो लाइभ आउने र सबैका प्रश्नको जवाफ दिने बताएकी छिन् ।

हिजो पुनमको इन्स्टाग्राममा एक पोस्ट शेयर गरिएको थियो, जसमा पुनम पाण्डेको पाठेघरको मुखको क्यान्सरका कारण मृत्यु भएको दाबी गरिएको थियो । नायिकाको मृत्युपछि मानिसको मनमा अनेकौं प्रश्नहरू उब्जिएका छन् । कतिपयले यो सबै प्रचारका लागि भएको बताएका छन् । तर, अहिले नायिका आफैँ अगाडि आएर आफू जिवित रहेको बताएकी छन् ।