नुवाकोट फुटबल संघले गर्‍यो ६ खेलाडीलाई कारबाही

  • प्रकाशित मिति : २०८० माघ २२, सोमबार
  • नेपाल टेल संवाददाता

नुवाकोट फुटबल संघले ६ जना खेलाडीलाई कारबाही गरेको छ । विदुर मेयर कपको आइतबार भएको फाइनल खेलमा रेफ्री विज्ञान श्रेष्ठमाथि हातपात गर्ने ६ जना खेलाडीलाई संघले कारबाही गरेको हो ।

संघले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै निर्णायकहरूमाथि हातपात तथा अभद्र व्यवहार गर्ने खेलाडीहरूलाई संघले आयोजना गर्ने कुनै पनि कार्यक्रम, सेमिनार, गोष्ठी, अन्य जिल्ला, संस्था क्लब, गाउँपालिकालगायतले आयोजना गर्ने प्रतियोगितामा समेत प्रतिबन्ध लगाउने गरी कारबाहीका लागि सिफारिस गर्ने जनाएको छ ।



कारबाहीमा पर्ने खेलाडीहरूमा विकास लामिछाने, सन्तोष भुजेल, निराजन थापा मगर, मनिष प्याकुरेल, राजाराम चित्रकार, प्रवेश श्रेष्ठ रहेका छन्