पाँचथर क्याम्पसमा महायज्ञको तयारी पुरा, राष्ट्रपतिले उद्घाटन गर्ने

  • प्रकाशित मिति : २०८० फाल्गुन २, बुधबार
  • nepaltale.com

पाँचथर। पाँचथर बहुमुखि क्याम्पसमा बुधवारदेखि श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ तथा पाँचथर बहुधामिर्कक अध्यात्मिक महोत्सवको तयारी पुरा भएको छ । क्याम्पसले मंगलबार पत्रकार सम्मेलन गरि उक्त जानकारी गराएको हो ।

महायज्ञ तथा महोत्सवको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घान गर्ने कार्यक्रम रहेको छ । बुधवार क्याम्पसमा दिनको १ बजे पौडेलले महायज्ञ उद्घाटन गर्ने छन् ।

पुराणको प्रमुख कथा बाचक बाचन प्रविण दीनबन्धु पोख्रेल रहेका छन् भने बौद्ध गुरु खेन्पो फुर्तेम्बा र डा चन्द्रकुमार शेर्माको प्रवचन हुने छ ।

अक्षय कोष स्थापना गर्ने लक्ष सहित महायज्ञ आयोजना गरिएको हो ।

महायज्ञमा ५ करोडको रकम संकलन गर्ने लक्ष रहेको छ । ५० हजार रुपैँया खर्चिएर महायज्ञ सम्पन्न गर्ने क्याम्पसको तयारी छ ।

विभिन्न उपसमितिले तयारी पुरा गरेको जानकारी गराईएको छ ।

पत्रकार सम्मेलनमा विभिन्न अफवा फैलाएको भन्दैँ विभिन्न समयमा प्राप्त भएको चन्दा, सहयोग तथा मालापोतबाट २०७५ सालसम्म संकलित रकमको सार्वजनिकिरण गरिएको थियो ।

‘नेतृत्व हस्तान्तरण गर्न आतुर रहेको छु । महायज्ञका दाताहरु क्याम्पस सभाको सदस्यता दिएर चाडैनै नयाँ नेतृत्व पाउनु हुने छ’ क्याम्पस सञ्चालक समितिका अध्यक्ष दिपक प्रकाश बाँस्कोटाले भने ‘क्याम्पसको विधान २०७७ पास भईसकेकाले सोहि अनुसार क्याम्पस सञ्चालन हुने छ ।’

राष्ट्रपति आउने कार्यक्रम भएकाले सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

क्याम्पसलाई आर्थिक रुपममा सवल र समक्ष बनाई शैक्षिक सेवा गुणस्तरी बनाउनका लागि साझा संकल्प भएकाले सबैलाई महायज्ञ सफल बनाउनकालागि सहयोग गर्न क्याम्पसले आव्हान गरेको छ ।
-kenjokhabar.com