जोर्डनले जित्यो वाफ च्याम्पियनसिप, टाइब्रेकरमा चुक्यो नेपाल

  • प्रकाशित मिति : २०८० फाल्गुन १८, शुक्रबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । जोर्डनले वाफ वुमन्स च्याम्पियनसिपको उपाधि जितेको छ । बिहीबार राति भएको फाइनलमा जोर्डनले नेपाललाई टाइब्रेकरमा पराजित गर्यो ।

जोर्डनले नेपाललाई टाइब्रेकरमा ५–३ ले हरायो । नेपालको चौथो प्रहारमा अमृता जैँसी चुकेकी थिइन् ।



उनको प्रहार लेबनानकी गोलकिपरले रोकिन् । लेबनानले पाचौँ प्रहारमा गोल गरेपछि नेपालले आफ्नो अन्तिम प्रहार गरिरहनै परेन ।

निर्धारित समय २–२ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो। नेपालले २९ औँ मिनेटमा सविता रानामगरले पहिलो गोल गरेकी थिइन् ।

७३ औँ मिनेटमा जोर्डनले खेल बराबरीमा ल्याएको थियो । ८८ औँ मिनेटमा गोल गरेपछि जोर्डन उपाधि नजिक देखिएको थियो ।

तर इन्जुरी समयमा नेपालकी गिता रानाले प्राप्त पेनाल्टी अवसरमा गोल गर्दै खेल बराबरीमा पुर्याथएकी थिइन् ।