स्थानीय प्रशासनले पर्साका अस्पतालमा उपचाररत कोरोना संक्रमित भाग्न खोजे नियन्त्रणमा लिन सुरक्षाकर्मीले गोली हान्न सक्ने निर्णय गरेको छ।
सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतका अनुसार आइसोलेसन वार्डमा रहेका संक्रमित वा क्वारेन्टाइनमा रहेका संक्रमित वा क्वारेन्टाइनका शंकास्पद व्यक्ति भागे प्रहरीले पहिला ‘सामान्य बल’ प्रयोग गर्नेछन्।
त्यति हुँदा पनि नियन्त्रणमा नआए गोलीसमेत चलाउन सक्ने निर्णय गरिएको उनले बताए । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ।